बिहिबार, ०५ जुन २०२५

पाण्डेलाई निलम्बन गरेर जोशीलाई निमित्त नगरप्रहरी प्रमुखको जिम्मेवारी

News Image
• • •

काठमाडौं महानगरपालिकाको निमित्त नगरप्रहरी प्रमुखको जिम्मेवारी नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन्।

नगरप्रहरी प्रमुख राजु पाण्डेलाई जाँचबुझका लागि भन्दै ६ महिनाका लागि निलम्बन गरेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एसपी जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन्।

गुरागाईंले आजै प्रहरी प्रमुख एसएसपी पाण्डेलाई निलम्बन गरेका थिए। 

गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईंलाई महानगर कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगर प्रहरीले उनलाई अवरोध गरेको थियो। सोही घटनाको छानबिनका लागि पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बन गरेर गुरागाईंले जाँचबुझ समिति बनाए छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?