
बिएल संवाददाता
काठमाडौं
प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबीच छलफल भएको छ।
बिहीबार संघीय संसद भवन बानेश्वरस्थित शंकर हलमा दुई दलका नेताहरूबीच छलफल भएको हो।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए भने रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
दुई दलबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको तर, कुनै निष्कर्ष भने ननिस्किएको कांग्रेसका प्रमुख सचेतक घिमिरेले बताए।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा नआएसम्म संसद बैठक चल्न नदिने रास्वपासहितका प्रतिपक्षीको अडानले बैठक बस्न सकेको छैन।
१ .
२ .
३ .
४ .
५ .