
बिएल संवाददाता
काठमाडौं
राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारविरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।
राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेको टोलीले अख्तियारमा उजुरी दर्ता गराएको हो।
वर्षौदेखि भ्रष्टाचार मौलाउँदै गएको नेपाल वायुसेवा निगममा कुनै पनि अधिकारीहरू माथि कारवाही हुन नसको हुँदा भ्रष्टाचारीविरुद्ध उजुरी दर्ता गराउन बाध्य भएको पाण्डेले बताए।
‘नेपाल र नेपालीको कीर्ति एवं गौरव छिटो माध्यमद्धारा संसारभर प्रक्षेपण गर्ने मूल संवाहकको परिचायक हाम्रो हवाई उडड्यन र राष्ट्रिय ध्वजावाहक पञ्चायतकालपछि पनि दिनानुदिन कुशासनको चंगुलमा पर्दै व्यवस्थापन कमजोर हुँदै गएकोले धमिजाकाण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, वाइडबडी काण्ड, साउथ चाइना काण्ड, विभिन्न समयमा भएका इन्जिन मर्मत काण्ड र बेलैमा जहाज मर्मत नगरी कुवेलामा भूमिस्थ गर्ने जस्ता अनगिन्ति वेथिति र भ्रष्टाचारका प्रकरणबाट हाम्रो ध्वजावाहकले आन्तरिक र बाह्य उडानमा गतिलिन नसकेको भन्ने ठम्याइ छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तो विषयलाई समाधान गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझावहरू तत्काल लागु गर्न ०८२ जेष्ठ १३ गते ध्यानाकर्षण गराई पार्टीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको पाण्डेले बताए।
उजुरी दर्ता गराउन गएका पार्टीका सदस्यहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको मुल ढोका अगाडि विभिन्न नारा सहितको प्लेकार्ड लिएर प्रदर्शनसमेत गरेका थिए।
१ .
२ .
३ .
४ .
५ .