शुक्रबार, ०६ जुन २०२५

संसदको अवरोध खुलाउने सभामुखको प्रयास विफल, संसद बैठक अनिश्चित!

News Image
• • •

प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहिन भएको छ।

संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा सत्ता र प्रतिपक्ष दुवै आ-आफ्नो अडानबाट पछि नहटेपछि बैठक बिनानिष्कर्ष टुंगिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान राखेका थिए। सत्तापक्षले भने समिति गठन नगर्ने तर, गृहमन्त्रीले सदनमा जवाफ दिन पाउनुपर्ने अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न सकेन।

त्यसपछि विपक्षी दलका सचेतकहरू सदनमा अवरोध जारी राख्ने जानकारी गराउँदै बैठकबाट निस्किएका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?