
बिएल संवाददाता
काठमाडाैं
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन्।
मङ्गलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपति हुनुभन्दा पहिला एमाले भएकाले कार्यकर्ताहरूसँग भेटघाट गर्न अनुमति लिइरहनु नपर्ने बताएकी हुन्।
एमालेका धेरै नेता तथा कार्यकर्तासँग सम्पर्क भएकाले भेटघाट गरिरहेको उनले बताइन्।
‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ। त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन’, उनले भनेकी थिइन्।
१ .
२ .
३ .
४ .
५ .