शुक्रबार, १३ जुन २०२५

मुस्ताङ पुगेर प्रचण्डले भनेः माओवादी कांग्रेस-एमाले जस्तो ‘दलाल’को पार्टी होइन

News Image
• • •

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-एमाले गठबन्धनको सरकारले दलालहरूका लागि काम गरिरहेको आरोप लगाएका छन्।

मुस्ताङमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी अन्य पार्टीभन्दा फरक रहेको र दलालहरूका लागि काम नगर्ने दाबी गरे।

उनले भने, ‘माओवादी अरू पार्टीहरू जस्तो होइन। हामी जनताको हितका लागि काम गर्छौँ। तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।’

उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताका समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिँदै मुस्ताङको विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध रहेको जिकिर गरे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?