भारतमा पेट्रोल र डिजेलको भाउ बढ्ने, इलेक्ट्रिक गाडीलाई प्रोत्साहन

Agency

भारतमा पेट्रोल र डिजेलको भाउ बढ्ने भएको छ। शुक्रबार सार्वजनिक भएको बजेटमा पेट्रोल र डिजेलमा अतिरिक्त १ प्रतिशत कर लगाउने घोषणा सरकारले गरेपछि दुवैको भाउ बढ्ने निश्चित भएको हो।

भारतीय जनता पार्टीको प्रचण्ड जितपछि बनेको नरेन्द्र मोदीको दोस्रो कार्यकालमा सरकारले पेट्रोल र डिजेलभन्दा पनि इलेक्ट्रिक भेईकलहरूलाई प्रोत्साहित गर्न करमा कटौती गरेको छ।

भारतको संसदीय इतिहासमा ४९ वर्षपछि महिला अर्थ मन्त्रीले सुनाएको बजेट भाषणमा इलेक्ट्रिक गाडीमा ५ प्रतिशत मात्र कर तिर्नुपर्ने घोषणा गरेको छ। यसअघि इलेक्ट्रिक गाडीमा १२ प्रतिशत कर लाग्दै आएको थियो।

सरकारले इलेक्ट्रिक गाडी खरिद गर्दा बैकबाट लिएको कर्जामा डेढ लाख अतिरिक्त छुट दिने प्रावधान ल्याएको छ। सरकारले सस्तो मूल्यमा ई–भेईकल उपलब्ध गराउने घोषणा समेत गरेको छ।

प्रकाशित मिति: : 2019-07-05 14:43:05

प्रतिकृया दिनुहोस्