राष्ट्रपतिले फिर्ता पठाइन् राहदानी विधेयक

बिएल

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक– २०७५ पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी छिन्। राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि सङ्घीय संसद्मा पठाएको महासचिव मनोहरप्रसाद भट्टराईले बैठकलाई आइतबार जानकारी दिए।

राष्ट्रपति भण्डारीको सन्देशमा राहदानी जारी गर्ने र प्रयोग गर्ने विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। प्रस्तुत विधेयकमा पुनर्विचार हुन वाञ्छनीय भएकाले नेपालको संविधानको धारा, ११३ को उपधारा ९३० बमोजिम यो विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको उल्लेख छ ।

प्रकाशित मिति: : 2019-07-07 21:08:13

प्रतिकृया दिनुहोस्