त्रिभुवन विमानस्थलमा एनआरएन हेल्प डेस्क स्थापना

तस्वीर सौजन्य: कुमार पन्त

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एनआरएन हेल्प डेस्क स्थापना गरी सञ्चालनमा ल्याइएको छ। लगानी सम्मेलनमा सहभागी हुन काडमाडौं पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष भुवन भट्टले एनआरएन हेल्प डेस्को उद्घाटन गरेका छन्।

डेस्कको उद्घाटन कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताए। यसले गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउने बताउँदै उनले यसका लागि नेपाल सरकारका सम्बन्धित सबै अधिकारी र यही कार्यका लागि अधिकृत गरिएका एनआरएनकर्मीहरूलाई धन्यवाद दिए।

एनआरएन उपाध्यक्ष कुमार पन्तले भने- यो हाम्रो पहिचानसँग सम्बन्धित उपलव्धी हो । नेपाल सरकारले हाम्रो अनुरोध स्वीकार गरेर यसका लागि पहलकदमी गरेकोलाई हामीले एनआरएनप्रतिको सद्भावका रूपमा लिएका छौं।

एनआरएनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हेल्प डेस्क स्थापनाको संयोजन गर्न उपाध्यक्ष कुल आचार्यलाई जिम्मेवारी दिएको थियो। आचार्यले सबैको साथ र सहयोगबाट एउटा कामको संयोजन गर्न पाउँदा खुशी लागेको बताए।

उद्घाटन समारोहमा महासचिव डा. बद्री केसी, उपाध्यक्षद्वय कुल आचार्य, कुमार पन्त, प्रवक्ता भूषण घिमिरे लगायतको अगुवा एनआरएनहरूको उपस्थिति थियो।

 

प्रकाशित मिति: : 2019-03-29 00:23:12

प्रतिकृया दिनुहोस्