नेपाल र कुवेतको खेल दशरथ रंगशालामा नहुने,एन्फाले गर्‍यो भुटानमा गराउने प्रस्ताव

फाइल तस्बिर

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालको पहिलो घरेलु खेल दशरथ रंगशालामा नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार एक प्रेस विज्ञप्ति निकाल्दै खेल दशरथ रंगशालामा नहुने जानकारी दिएको हो ।

नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते दशरथ रंगशालामा हुने तय थियो । तर, पुनः निर्माण भईरहेको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तय नहुँदा नेपाल र कुवेतको खेल नहुने भएको हो ।

एन्फाका अनुसार एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले रंगशालाको निरीक्षणपछि फिफा र एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्ने निर्देशन दिएको हो ।

अब नेपाल र कुवेतबीचको खेलका भुटानको चाङ्गलिमिथाङमा गराउने फिफा र एएफसीलाई प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-07 15:47:28

प्रतिकृया दिनुहोस्