सिम्लेमा विप्लव समूहले गरायो सिलिण्डर बम विस्फोट

सांकेतिक तस्बिर

नेत्रविक्रम चन्द 'विप्लव'समूहले बिहीबार बिहान सिलिण्डर बम विस्फोट गराएको छ । आफ्नो पकड रहेको वस्ती सिद्धलेक–६ सिम्लेमा बिहानै सिलिण्डर बम विस्फोट गराएको हो ।

बिहीबार मसाल जुलुस गरेर भारतीय अतिक्रमणविरुद्ध विरोध कार्यक्रमको देशभर थालनी गर्ने कार्यक्रम सार्वजनिक गरेको समूहका जिल्लास्थित कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

विस्फोटमा कुनै मानवीय क्षति नभएको घटनास्थल पुगेका जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले जनाए

प्रकाशित मिति: : 2019-11-07 16:08:27

प्रतिकृया दिनुहोस्