दाङ ३ (ख)मा १४ उम्मेदवार भिड्दै

बिएल

दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ (२) को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भाग लिने १४ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभा उपनिर्वाचन, मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा बिहीबार दिउँसो राजनीतिक दलका उम्मेदवार तथा केही स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट बिमला वली, नेपाली कांग्रेसबाट केशवराज शर्मा आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी रहेका छन् ।

त्यस्तै समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राप्रपाबाट भुपाल रावत, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, साझा पार्टीबाट शिवकुमार चौधरी, नेपाली कांग्रेस (विपी विचार)बाट दीपककुमार धिताल तथा स्वतन्त्र रुपमा गोविन्द केसी र टीकाराम आचार्यको उम्मेदवारी परेको छ ।

अब २२ गते शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, २३ गते शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिने र त्यसै दिन २ बजेदेखि ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

२४ गते आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको उनले बताए । त्यसै दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

२५ गते सोमबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।

प्रकाशित मिति: : 2019-11-07 16:20:29

प्रतिकृया दिनुहोस्