छिन्ताङ हत्याकाण्ड: पञ्चायतकालमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने

बिएल

प्रदेश १ सरकारले पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले २०३६ साल कात्तिक २७ गते धनकुटामा तत्कालीन राजदलबाट ज्यान लिएका १६ जनालाई २८ पुस २०७४ मा सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको हो।

हत्या भएकामध्ये धेरै तत्कालीन नेकपा मालेका कार्यकर्ता थिए।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार मदन भण्डारी, अशोक राईलगायत नेताहरूले भूमिगत हुँदा छिन्ताङमा ‘सेल्टर’ लिने गर्थे।

प्रकाशित मिति: : 2019-11-07 17:27:44

प्रतिकृया दिनुहोस्