दोस्रो दिनको समाप्तिसम्म नेपाल ३०२ रनले पछि

फाइल तस्बिर

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीन दिवसीय क्रिकेट खेलमा नेपालविरुद्ध दोस्रो दिनको समाप्तिसम्म ३०२ रनको अग्रता बनाएको छ ।

टियु क्रिकेट मैदानमा दोस्रो दिन आफ्नो दोस्रो इनिङ्स थालेको एमसीसीले नेपालविरुद्ध २१ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ९२ रन बनाएको छ । एसीसीले तेस्रो दिन यहि स्थितिबाट ब्याटिङ गर्नेछ ।

यसअघि पहिलो इनिङ्समा नेपाल अलआउट भएको थियो। बिहिबार एमसीसीलाई अलआउट गरेर ब्याटिङ थालेको नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको हो ।

नेपालका सन्दीप लामिछाने ३८ रनमा अविजित रहे । सन्दीप नेपालका सर्वाधिक रन जोड्ने खेलाडी हुन् । उनले यसअघि सर्वाधिक १० रन बनाएका थिए ।

यता,नेपालका लागि विनोद भण्डारीले ३५ र सोमपाल कामीले २६ रन बनाए ।

दोस्रो दिनको पहिलो इनिङ्समा बिहिबार एमसीसी १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो ।

पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन ५३ रन जोड्दा बाँकि ४ विकेट गुमायो ।

एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए ।

यस्तै सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए ।

प्रकाशित मिति: : 2019-11-07 17:54:36

प्रतिकृया दिनुहोस्