युनाईटेड युरोपा लिगको नकआउट चरणमा प्रवेश

तस्बिरः एजेन्सी

म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

बिहिबार समूह एलको खेलमा सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाईटेड नकआउट चरणमा प्रवेश गरेको हो ।

युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले गोल गरे ।

खेलमा अग्रता युनाईटेडले ग्रिनउडको गोलबाट २१ औ मिनेटमा लिएको थियो ।

मार्टियलले ३३ औ मिनेटमा युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए ।

मार्कुस रासफोर्डले ४९ औ मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को शानदार जित दिलाएका थिए ।

समूह एलमा शीर्ष स्थानको युनाईटेड ४ खेलबाट १० अंक जोड्यो । उसले तेस्रो स्थानको पार्टिजन बेलग्रेडसंग ६ अंकको अग्रता लियो ।

प्रकाशित मिति: : 2019-11-08 07:55:20

प्रतिकृया दिनुहोस्