पाकिस्तानमा पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचार आरोपमा पक्राउ

Agency

पाकिस्तानमा फेरि अर्को पूर्व प्रधानमन्त्री भ्रष्टाचारको मुद्धामा पक्राउ परेका छन्। पूर्व प्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) ले विहिबार पक्राउ गरेको हो।

२०१७ मा नवाज शरीफले भ्रष्टाचारको आरोप लगाएपछि पदबाट राजीनामा गरेका थिए। यसबीचमा अब्बासी एक वर्षभन्दा कम समयका लागि पाकिस्तानको प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।

अब्बासीलाई लाहोरमा प्रेस कन्फ्रेन्सको बेला पक्राउ गरिएको हो। पाकिस्तान मुस्लिम लिग–एनका वरिष्ठ सांसद अहसान इकबालले उनको पक्राउको आधिकारीक जानकारी दिए।

गत बर्ष एनएबीले लिक्विड प्राकृतिक ग्यास टर्मिनल प्रोजेक्टमा भ्रष्टाचार गरेको भन्दै अब्बासी र सरिफ दुबैलाई छानवीनको दायरमा ल्याउन आदेश दिएको थियो। सरिफ पानामा पेपरको खुलासा भएपछि जेलमा परे भने अब्बासी बाहिर थिए।

अब्बासीले सुरुमा आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए। तरपछि आत्मसमर्पण गरेका थिए।

पाकिस्तानमा पूर्व राष्ट्रपति आशिफ अली जर्दारी पनि भ्रष्टाचारको मुद्धामा पक्राउ परेका थिए।

प्रकाशित मिति: : 2019-07-18 17:41:57

प्रतिकृया दिनुहोस्