नेपाल ३ सय ९३ रनको लक्ष्य पछ्याउँदै

फाइल तस्बिर

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबविरुद्धको तीन दिवसीय (फर्स्ट क्लास) खेलमा नेपालले तीन सय ९२ रनको लक्ष्य पछ्याइरहेको छ।

दुई विकेटको क्षतिमा ९१ रनको स्थितिबाट तेस्रो दिनको खेल सुरु गरेको एमसीसीले ९० रन बनाउन बाँकी चार विकेट गुमायो । ३६ ओभर खेलेर एक सय ८१ रन बनाएपछि एमसीसीले पारी समाप्तिको घोषणा गरेको छ।

टियु क्रिकेट मैदानमा तीन सय ९३ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले ब्याटिङमा छ।

यसअघि एमसीसीले तीन दिवसीय क्रिकेट खेलमा नेपालविरुद्ध दोस्रो दिनको समाप्तिसम्म ३०२ रनको अग्रता बनाएको थियो।

दोस्रो दिन आफ्नो दोस्रो इनिङ्स थालेको एमसीसीले नेपालविरुद्ध २१ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ९२ रन बनाएको छ । एसीसीले तेस्रो दिन यहि स्थितिबाट ब्याटिङ गर्नेछ।

यसअघि पहिलो इनिङ्समा नेपाल अलआउट भएको थियो। बिहिबार एमसीसीलाई अलआउट गरेर ब्याटिङ थालेको नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको हो।

नेपालका सन्दीप लामिछाने ३८ रनमा अविजित रहे । सन्दीप नेपालका सर्वाधिक रन जोड्ने खेलाडी हुन्। उनले यसअघि सर्वाधिक १० रन बनाएका थिए।

यता,नेपालका लागि विनोद भण्डारीले ३५ र सोमपाल कामीले २६ रन बनाए।

दोस्रो दिनको पहिलो इनिङ्समा बिहिबार एमसीसी १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो।

पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन ५३ रन जोड्दा बाँकि ४ विकेट गुमायो।

एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले।

यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए।

यस्तै सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए ।

प्रकाशित मिति: : 2019-11-08 11:56:27

प्रतिकृया दिनुहोस्