टी २० मा न्युजिल्याण्डविरुद्ध इंग्ल्यान्डको कीर्तिमानी लक्ष्य

तस्बिरः एजेन्सी

चौथो टी–२० क्रिकेट खेलमा न्युजिल्यान्डलाई पाहुना टोली इंग्ल्यान्डले २४२ रन को कीर्तिमानी लक्ष्य पेश गरेको छ ।

म्याकलिन पार्कमा शुक्ररबार टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा ३४१ रन बनाएपछि न्युजिल्यान्डले विशाल लक्ष्य पाएको हो । यो नै इंग्ल्यान्डले टी–२० क्रिकेटमा बनाएको सर्वाधिक ठूलो लक्ष्य हो ।यसअघि इंग्ल्यान्डको यो नै सर्वाधिक उच्च स्कोर थियो ।

सन् २०१६ मा दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डले २३० रन बनाएको थियो ।

न्युजिल्यान्डविरुद्ध ठूलो स्कोर बनाउने क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका डेविड मलानले अविजित शतक बनाए । उनले ५१ बलमा सात चौका र सात छक्का प्रहार गरे । त्यस्तै, कप्तान इयोन मोर्गनले ९१ रन बनाए ।

अहिले न्युजिल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार बनाउदासम्म न्युजिल्यान्डले ६ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६२ रन बनाएको छ । उसका लागि कोलिन मुन्द्रोले २९ रन बनाएका छन् । गुप्टिलले २७ रन बनाए ।

प्रकाशित मिति: : 2019-11-08 13:08:13

प्रतिकृया दिनुहोस्