प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

फाइल तस्बिर

प्रदेश २ मा कात्तिक २४ गते आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर एक दिन बिदा दिनेगरी यसअघि नै आफ्नो विदा सम्बन्धी क्यालेण्डर बनाएको थियो ।

प्रकाशित मिति: : 2019-11-08 17:19:46

प्रतिकृया दिनुहोस्