‘अकुपाई टुँडिखेल’ अभियान: नेतादेखि सर्वसाधरण समेत सडकमा उत्रिए

बिएल

अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको भन्दै काठमाडौं उपत्यकावासीहरुले अभियान चलाएका छन्।

शनिबार टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर टुँडिखेल लगागतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा ‘अकुपाई टुँडिखेल’ अभियान सुरु गरिएको हो । सांस्कृति तथा प्राकृतिक धरोहर जोगाउन भन्दै उनीहरुले हरियो रिवनले टुँडिखेल घेरेर मानव साङ्लो बनाएर सांकेतिक बिरोध गरेका हुन् ।

उनीहरुले पूर्खाको नासो जनताको हक, टुँडिखेल खाली गरजस्ता नारा लगाउँदै सरकारलाई टँुडिखेल खाली गर्न दबाव दिएका छन् ।

तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जानकारी दिएको छ ।

टुँडिखेललाई कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा लिइन्थ्यो । तर सर्वसाधरणको लागि सधै खुल्ला हुने टुँडिखेल अहिले सार्वसाधारणको पहुँचमा छैन । बिभिन्न बाहना र नाममा टुँडिखेल अहिले अतिक्रमित भएको छ ।

टुँडिखेललाई फोहोरमैला थुपार्ने, विभिन्न भौतिक संरचना बनाउनका लागि आवश्यक सामाग्री थुपार्ने स्थानको रुपमा परिणत गरिएको छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनाइएको छ ।त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि टुँडिखेल संरक्षण अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

अकुपाई टुडिखेलमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान पनि सहभागी भएका थिए ।

 

प्रकाशित मिति: : 2019-11-09 14:43:27

प्रतिकृया दिनुहोस्