इंग्लिस प्रिमियर लिग: आज चेल्सी, आर्सनल र टोटेनहम भिड्दै

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न ६ खेल हुँदैछ ।

लिगमा शनिबार चेल्सी, आर्सनल,लेष्टर सिटी, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

।चेल्सी घरेलु मैदानमा जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ । चौंथो स्थानको चेल्सीले ११ खेलमा २३ अंक जोडेको छ । जित निकाले म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै चेल्सी दोस्रो स्थानमा रहनेछ ।

स्टामफोर्ड ब्रिजमा चेल्सी र क्रिष्टलको खेल नेपाली समय अनुसार बेलुका ६ः१५ मा सुरु हुनेछ ।

यता आर्सनलले लेष्टर सिटीको सामना गर्नेछ । .

आर्सनल लेष्टरलाई हराउँदै शीर्ष ४ क्लबसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । पाँचौ स्थानको आर्सनलले १७ अंक जोडेको छ ।

लेष्टर भने घरेलु मैदानमा जित निकाल्दै लिगको शीर्ष दुईमा पुग्न चाहन्छ । २३ अंक जोडेको लेष्टर लिगको तेस्रो स्थानमा रहेको छ । लेष्टरको मैदानमा हुने खेल राति ११ः१५ मा सुरु हुनेछ ।

लिग अन्तर्गत नै टोटेनहमले घरेलु मैदानमा सेफिल्ड युनाइटेडको सामना गर्नेछ । एभर्टनले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ ।

यस्तै बर्नली र वेष्ट ह्यामले प्रतिस्पर्धा गर्दा न्युकासल र बर्नेमाउथबीच खेल हुनेछ ।

प्रकाशित मिति: : 2019-11-09 15:17:27

प्रतिकृया दिनुहोस्