प्रतिबन्धित लागुऔषधसहित तीन युवा पक्राउ

फाइल तस्बिर

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ यू ४७९९ नंकोे मोटरसाइकललाई जाँच गर्दा तीनै जनाको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो पाँच पत्ता र गाँजा १० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-11-11 11:18:56

प्रतिकृया दिनुहोस्