तथ्यहिन समाचार प्रकाशन गरेर चरित्र हत्या गर्ने प्रयास भयो: गुरुङ

एनआरएनए आईसिसि सदस्य तथा कोरियाका निबर्तमान अध्यक्ष लक्ष्मी गुरुङले केहि संचारमाध्यममा आफुसँग सम्बन्धीत निराधार रुपमा प्रकाशित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको बताएकी छिन् ।

गत हप्ता केही संचारमाध्यममा “एनआरएनए कोरियाको करोडौको हिसाबमा मनोमानी” शिर्षकमा प्रकाशित समाचार गलत भएको भन्दै उनले आपति प्रकट गरेकी हुन् ।

 गुरुङले एनआरएनए दक्षिण कोरिया र आईसिसि सदस्यको नाम जोडि एकपक्षिय ढंगबाट तथ्यहिन तरिकाले समाचार प्रकाशन गरि चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाएकी छिन्।

'एनआरएनको विधान बमोजिम साधारण सभा जस्तो सम्मानित सभा सम्पन्न गरि सबै हरहिसाव लगायत प्रतिवेदन बहुमत सदस्यको उपस्थितीमा साधारण सभाबाट पारित भईसकेको अवस्थामा मसँग सम्बन्ध नभएका तथ्यहिन समाचारहरु प्रकाशन भइरहेको छ ।', विज्ञप्तिमा भनिएको छ,'सो सम्बन्धमा बिना प्रमाण र आफ्नो केही भनाई समेत नराखी एकतर्फिरुपमा व्यक्तिगत चरित्र हत्या गर्ने अभिप्रायले प्रकाशितसमाचार सरासर अवैधानिक, गलत, भ्रामक र प्रमाण बिहिन हो।'

उनले साधारणशभ बाट बहुमतले पारित गरेको अघिल्लो कार्यसमितिमा आर्थिक पारदर्शिता भएको समेत दाबी गरेकी छिन्।

प्रकाशित मिति: : 2019-11-11 20:01:29

प्रतिकृया दिनुहोस्