कार्यभार सम्हाल्दै मन्त्री भट्टराईले भने- म रवीन्द्र अधिकारीको उत्तराधिकारी (भिडियोसहित)

तस्बिरः बिएल

 

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफू पूर्व मन्त्री रविन्द्र अधिकारीको उत्तरधिकारी भएको बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारी भएकाले उनले गर्न बाँकि रहेका सबै कामहरू आफूले पुरा गर्ने बताएका हुन्।

नेपालमा पर्यटन क्षेत्रको विकासका लागि आफूले भ्रमण वर्ष २०२० लाई विशेष ध्यान दिएको भन्दै उनले विमानस्थलको स्तरोन्नतीलगाएतका विषयमा विशेष ध्यान दिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले विगत ६ महिनादेखि रिक्त रहेको उक्त मन्त्रालयमा भट्टराईलाई जिम्मेवारी दिएका हुन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय खाली थियो।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भट्टराईले बुधबार राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियकताको सपथ लिएका थिए।

सपथ लगतै उनी सिंहदरबार पुगेर जिम्मेवारी सम्हालेका थिए।

मन्त्री भट्टराईलाई राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत गरेका थिए।

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्।

प्रकाशित मिति: : 2019-07-31 19:47:37

प्रतिकृया दिनुहोस्