आज नेपाल र भुटानबीच फुटबल फाइनल: सबै टिकट अघिल्लै दिन बिक्री

फाइल तस्बिर

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि मंगलबार नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। नेपाल र भुटानको खेलका लागि बिक्रीमा राखिएको सबै टिकट बिक्री भैसकेको छ। सम्पूर्ण टिकट अघिल्लो दिननै बिक्री भएको हो।

राष्ट्रिय खेलकुद परिषद्ले बिक्रीका लागि खुल्ला गरिएको ८ हजार टिकट बिक्री भएको जनाएको छ।फुटबल फाइनलसँगै समापन समारोह पनि हुने भएकाले यसअघिका खेलहरुमा भन्दा राखेपले कम टिकट ब्रिक्रीमा राखेको थियो।

यो पनि

नेपाल र भुटानबीचको फाइनल खेल हेर्न टिकटको मूल्य दोब्बर तिर्नुपर्ने

फाइनलका लागि सर्वसाधारणतर्फ १ हजार र भिआईपीतर्फ २ हजार रुपैयाँ टिकट मूल्य राखिएको थियो। यसअघि राखेपले फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको थियो।

राखेपका अनुसार फुटबल फाइनलसँगै समापन समारोह हुने भएका कारण टिकटदर वृद्धि गरिएको हो। राखेपाले ४ हजार सिट भने खेलाडी र भिआइपीका लागि राखेको छ। समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ मार्फत् सम्बोधन गर्ने भएका छन्।

नेपाल कहिले–कहिले फाइनलमा?

१९८४– नेपाल ४–२ बंगलादेश

१९८७– भारत १–० नेपाल

१९९३– नेपाल २–२ भारत (४–३ पेनाल्टी)

१९९९– बंगलादेश १–० नेपाल

२०१६– नेपाल २–१ भारत

२०१९– नेपालविरुद्ध भुटान (मंगलबार)

ईसेवाबाट फुटबलतर्फ नेपाली टिमको पहिलो खेल हेर्न ६ हजारले टिकट काटेका थिए भने दोस्रो खेल हेर्न ७ हजार जनाले टिकट काटेका थिए। बंगलादेशविरुद्धको खेल हेर्न ६ हजार ५ सयभन्दा बढीले टिकट काटेका थिए। नेपालको खेल हुँदा रंगशाला खचाखच देखिन्छ भने अन्य देशको खेल हुँदा दर्शकको संख्या ज्यादै न्यून देखिन्छ। नेपाली टिमको खेल नहुँदा मुस्किलले २ सय ५० वटा मात्र टिकट बिक्ने गरेको ईसेवाले बताएको छ।

टिकट सोचेभन्दा चाँडै बिक्री भएपछि कतिपय समर्थकहरुले फाइनल खेल रंगशालामा हेर्न नपाउने भएका छन्।

खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी  रंगशालामा प्रवेश गरिसक्नुपर्ने

मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ।

भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दुई घण्टा अगाडी नै रंगशाला पुग्न इसेवाले आग्रह गरेको हो।

सागको समापनमा पनि टिकट

राखेपाले सागको समापन हेर्न जानका लागि पनि टिकटको व्यवस्था गरेको छ। राखेपले सागको उद्घाटन र समापनमा टिकट नलाग्ने बताएको थियो। 

साग तर्फको फाइनल खेल र समापन कार्यक्रम नेपाल टेलिभिजनले पनि प्रत्यक्ष गर्नेछ।

 

प्रकाशित मिति: : 2019-12-10 09:31:54

प्रतिकृया दिनुहोस्