जनकपुर बमकाण्ड : पूर्वराज्यमन्त्री सञ्जय साहसहित ७ जनालाई जन्मकैद

फोटो: कान्तिपुर

जनकपुर बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जय साहसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाले बिहीबार साहसहित ७ जनालाई जन्मकैदको फैसला गरेको हो । 

अभियुक्तहरुमाथिज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए। ती मुद्दाहरुमा फैसला गर्दै अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय तोकेको हो।

उक्त घटनामाएक जनालाई ५ वर्ष र एक जनालाई सफाइ दिइएको छ। जन्मकैदसहित १२ वर्ष सजाय पाउनेहरुमा पूर्वराज्यमन्त्री साहसहितभूमिगत संगठनका मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झा छन्।

प्रकाशित मिति: : 2019-03-28 21:16:16

प्रतिकृया दिनुहोस्