भोलिको एसइई परीक्षाको प्रश्नपत्र मन्त्रीको मोबाइलमा आजै

तस्वीर:सांकेतिक तस्वीर

एसइई परीक्षामा प्रदेश नम्बर २ भित्र सबै प्रश्नपत्रहरू परीक्षाभन्दा अगाडि नै बाहिरिएको छ। उक्त प्रदेशका सामाजिक मामिलामन्त्री नवलकिशोर साह सुडीले काठमाडौं प्रेससँग भने, ‘भोलि हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र मेरो मोबाइलमा अहिले नै आइसकेको छ। सबै विषयका प्रश्नपत्र परीक्षाभन्दा पहिले नै बाहिरिएको मलाई पनि थाहा छ।’

शनिबार स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुँदैछ। पहिले नै ‘क्वेश्चन आउट’ भएको उक्त प्रश्नपत्र एक दिनअगावै मन्त्रीकै मोबाइलमा पुगिसकेको छ। यसअघि प्रदेश–२ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाको अघिल्लो दिन नै ‘आउट’ भएपछि परीक्षा रद्द भइसकेको छ। यही चैत १० गतेदेखि देशभरि एसई परीक्षा चलिरहेको छ। संघीय सरकारको मातहतमा रहेको माध्यमिक शिक्षा परिषद्ले २०७५ सालको एसईई परीक्षा सञ्चालन गरिरहेको हो। परीक्षामा ७ वटै प्रदेशमा अलग अलग प्रश्नपत्र निर्माण गरिएको थियो...

प्रकाशित मिति: : 2019-03-29 21:48:48

प्रतिकृया दिनुहोस्