हुरीबतास पीडित खुला आकाशमुनि, नक्कलीलाई राहतको ओइरो

काठमाडौ प्रेस

बाराका हुरीबतास पीडितलाई राहत सामग्री वितरण गर्न प्रभावित क्षेत्रमा विभिन्न संघसंस्थाहरुको बाक्लो उपस्थिति छ। राहत वितरणको काम पनि धामधम भइरहेको छ। तर, दिनहुँ राहत वितरणको काम भइरहेपनि हुरीबतासबाट प्रभावित वास्तविक पीडितहरुले भने राहत पाउन सकिरहेका छैनन्।

बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा रहेको दलित बस्तीका पीडितहरुले हुरीबतास गएको तीन दिन वितिसक्दा पनि अझैसम्म राहत पाएका छैनन्। घर भत्किएपछि तीन दिनदेखि खुला आकाशमुनि भोकै रातदिन कटाइरहेका छन्। वडा अध्यक्षको बलमिच्याइ र पीडित युवाहरुको विवादका कारण राहत नपाउँदा पीडितहरु भोकै आकाशमुनि बस्न बाध्य छन्। वास्तविक पीडितलाई राहत वितरण नगरी गैरपीडितलाई वडा अध्यक्षले राहत वितरण गरेको विरोधमा पीडित युवाहरुले वडा कार्यालयको गोदाममा दुई वटा ताल्चा लगाइदिएका छन् भने गोदाममा राहत सामग्री थुप्रिएको छ...

प्रकाशित मिति: : 2019-04-03 21:50:38

प्रतिकृया दिनुहोस्