के मानिसबाट मानिसमा बर्ड फ्लू सर्छ?

सांकेतिक तस्बिर ।

काठमाडौँ– २१ वर्षे युवकको बर्ड फ्लूका कारण मृत्यु भएको भएको छ। नेपालमा बर्ड फ्लूका कारण मृत्यु भएको यो पहिलो घटना हो। चिकित्सकहरुले बर्ड फ्लू मानिसमा एकदमै कम अवस्थामा मात्रै सर्न सक्ने बताएका छन्।

टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्ड फ्लू मानिसमा सर्नु एकदमै दुर्लभ रहेको बताए ।

उनले भने,‘त्यति सजिलैसँग सर्दैन तर यसको अर्थ मानिसमा सर्दै–सर्दैन भन्ने पनि होइन।’ सन् १९९६ मा यो भाइरस पत्ता लागे पनि व्यक्तिमा भने सबै भन्दा पहिला यो हङ्कङमा सन् १९९७ मा पहिलो पटक देखा परेको थियो।

कुखुरा वा पक्षीहरुको र्‍याल, सुलि, हाछिउँ, मासु, दिशा आदिबाट मानिसमा सर्न सक्छ तर मानिसबाट अर्को मानिसमा सर्छ भन्ने गरेता पनि अहिलेसम्म कुनै पुष्टि भने नभएको डा. पुनले बताए।

मानिसहरु डराउनु र आत्तिनु पर्ने कुनै पनि त्यस्तो अवस्था नभए पनि कुखुरा पाल्ने, कुखुरा ओसार पसार गर्ने, कुखुरा बेच्ने व्यक्तिहरु भने सतर्क रहनु पर्ने उनले बताए।

प्रकाशित मिति: : 2019-05-03 10:23:37

प्रतिकृया दिनुहोस्