पूर्वअर्थमन्त्रीहरूले खतिवडालाई भने- बजेट बनाउँदा अलोकप्रिय हुने आँट गर्नुस्

तस्वीर: सेतोपाटी

पूर्वअर्थमन्त्रीहरुले देशको हितका लागि बजेट बनाउन अर्थमन्त्री युवराज खतिवडालाई सुझाव दिएका छन्। व्यवस्थापिका संसदको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीहरू बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक लोकप्रियताको पछि नदौडन सुझाव दिए।

आगामी वर्षका बजेटका सन्दर्भमा अर्थ समितिले गरेको राय सुझाव संकलनमाथिको छलफल कार्यक्रममा बोल्दै उनीहरूले लोकप्रियताभन्दा स्रोत सधानले धान्ने गरी थितिभित्रै रहेर बजेट विनियोजन गर्न खतिवडाको ध्यानाकर्षण गराएका हुन्।

सरकारले ल्याएको नीति तथा कार्यक्रम आर्थिकभन्दा पनि राजनीतिक तरबारबाट मात्र आएको र यसले लोकप्रिय बजेटको संकेत दिएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले अर्थमन्त्रीलाई यसबारेमा सचेत हुन आग्रह गरे।

 

प्रकाशित मिति: : 2019-05-08 14:41:46

प्रतिकृया दिनुहोस्