एसिड पीडित मुस्कानलाई अस्पतालमा भेट्दै मुख्य मन्त्री राउतले भने- उपचारको सम्पूर्ण जिम्मा मुख्य मन्त्री कार्यालयको

अस्पतालमा बालिकालाई भेट्दै मुख्यमन्त्री राउत र सांसद यादव। तस्बिरः बिएल

एसिड पीडित मुस्कान खातुनको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने भएको छ।

समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवले एसिड आक्रमणबाट घाइते भइ उपचाररत मुस्कान खातुनलाई सोमबार बिहान भेटेका हुन्।

मुख्यमन्त्री राउत र सांसद यादवले उनको उपचारमा कुनै कमी नहु नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। मुख्यमन्त्रीले प्रदेश सरकारको तर्फबाट पीडितको उपचार खर्च बेहोर्ने जनाएका छन्।

सांसद यादवले बालिकाको उपचारमा कुनै कमि नहुने दाबी गरेका छन्।

‘विभिन्न सहगोगी हातहरु अहिले अगाडि बढेकोमा आउने सहयोगमा अपुग हुने सम्पूर्ण खर्च मुख्यमन्त्रीज्यूले बेहोर्न भनिसक्नु भएको छ,’ आफैं नगद पचास हजार रुपैया सहयोग गर्नुका साँथै सुरूदेखि बालिकाको उपचामा सघाईरहेका सांसद यादवले भने, ‘खर्चको अभावमा उपचार प्रभावित हुनुहुँदैन। राम्रो भन्दा राम्रो उपचार गराएर बालिकालाई पुनः स्वस्थ्य बनाउन र पीडकलाई उचित रुपमा दण्डित गर्न हामी पहलमा छौं।’

कीर्तिपुरस्थित नेपाल ‘क्लेफ्ट एन्ड बर्न सेन्टर’को आइसियूमा रहेकी खातुनलाई भेट्न पुगेका मुख्यमन्त्री र सांसद यादवले उपचारमा जुटेका चिकित्सकसँग पनि भेंटेका थिए ।

मुख्यमन्त्री सँगै अस्पताल पुगेका सांसद यादवले मुस्कान आफ्नो छोरी जस्तो भएको जिकिर गर्दै उसको न्यायको लागि हदैसम्म लड्ने र अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति पाउन नदिने मुस्कानका बुवा अलिलाई आस्वस्थ पारे।

सांसद यादवले आफूले सकेसम्म सहयोग गर्ने र अविभावकत्व लिनेसमेत बताए।

यसअघिनै मुख्यमन्त्री राउतले बालिकाको उपचारका लागि पाँच लाख रुपैया दिने घोषणा गरिसकेका थिए। त्यसबाहेकसमेत कुनै खर्च लागेका त्यसको प्रबन्ध आफैंले गर्ने बताएका छन्।

शुक्रबार बिहान करिब ६ बजेतिर दुई जना युवाले वीरगञ्जको गणेशमान सिंहचोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए।

रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडा नम्बर २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन्।

प्रकाशित मिति: : 2019-09-09 15:06:32

प्रतिकृया दिनुहोस्