स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले हरेक वर्ष उत्कृष्ट खेलाडी सावित गर्नुपर्दा झर्को लागेको बताएका छन्।
विश्वकै एक महान खेलाडी उनले पाँचपटकका बालुन डि’ओर र चारपटकका गोल्डेन बुट जितिसके पनि उनको उत्कृष्टतामाथि भने प्रश्न उठिरहन्छन्।
३४ वर्षीय रोनाल्डोमाथि अझै पनि यो प्रश्न उब्जिएकै छ। यही प्रश्नको उत्तरमा उनले भनेका छन्- ‘मलाई कहिले काँही प्रत्येक वर्ष उत्कृष्ट खेलाडी भएको सावित गर्नुपर्दा साँच्चै झर्को लाग्छ। रिस उठ्छ।’
विश्वका धेरै उत्कृष्ट क्लबबाट खेलिसकेका रोनाल्डो यतिबेला एटालिएन सिरी ए खेलिरहेका छन्। उनको क्लब युभेन्ट्स यसअघि नै वर्षको इटालियन च्याम्पियन भैसकेको छ।