इंग्ल्यान्डका कप्तान मोर्गनलाई प्रतिबन्ध

तस्बिरः एजेन्सी

इंग्ल्यान्डका कप्तान इयान मोर्गनलाई एक खेलको प्रतिबन्ध लागेको छ।

पाकिस्तानविरुद्ध बिहिबार भएको खेलमा स्लो ओभर रेटको कारण मोर्गनलाई अनुसाशन समितिले एक खेलको प्रतिबन्धसँगै म्याच फि को ४० प्रतिशत जरिवाना लगाएको हो

पाकिस्तानमाथि सानदार जित निकालेको इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो।

यो प्रतिबन्धसँगै मोर्गनले पाकिस्तानविरुद्ध शुक्रबार हुने चौंथो एकदिवसीय खेल गुमाउनेछन्।

पाकिस्तानविरुद्धको पाँच खेलको सिरिजमा इंग्ल्यान्ड २-० ले अघि छ।

प्रकाशित मिति: : 2019-05-16 07:29:39

प्रतिकृया दिनुहोस्