आयरल्याण्डमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार राति भएको बंगलादेशले घरेलु टोली आयरल्यान्डलाई ६ विकेटले हराएको छ।
२ सय ९३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४३ ओभरमा मात्र ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो।
बंगलादेशका लागि लिटन दासले ७६ रन बनाए। उनले ६७ बल खेल्दै ९ चौका र १ छक्का हिर्काएका थिए।
त्यस्तै तामिम इकवालले ५७ रन बनाउँदासकिब अल हसन ५० रन पुरा गरेका थिए।
मुश्फिकुर रहिम ३५, महमुदूल्लाह ३५ र मोसाद्धक हसनले १४ रन बटुल्दै टिमलाई सानदार जित दिलाए।
आयरल्यान्डका बोयड रनकिनले २, मार्क अदिर र बरी म्याकर्थीले समान १-१ विकेट लिए पनि जिताउन सकेनन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन जोडेको थियो। उसका लागि ओपनर पल स्टर्लिङले सर्वाधिक १३० रनको शतकीय इनिङ्स खेले।
स्टर्लिङले १ सय ४१ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरेका थिए।
त्यस्तै कप्तान विलियम पोर्टरफिल्डले ९४ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन्।
बंगलादेशका लागि करियरको दोस्रो वान डे खेल खेलेका आवु जायदले ५ विकेट लिए। त्यस्तै मोहम्मद सैफुद्दीनले २ र हसन रुविलले १ विकेट हात पारेका थिए।
यो हारअघिनै त्रिकोणात्मक सिरिजबाट आयरल्यान्ड बाहिरिसकेको छ। अब उपाधिको लागि शुक्रबार वेस्टइन्डिज र बंगलादेश भिड्नेछन्।