टिममा नपरेपछि पाकिस्तानी खेलाडीको विरोधको अनौठो शैली

Agency

पाकिस्तानको विश्व कप टोलीबाट बाहिरिएका पाकिस्तानका एक बलरले विरोधको अनौठो उपाय निकालेका छन्।

सोमबार सार्वजनिक भएको पाकिस्तानको १५ सदस्यीय टिममा तीब्र बलर जुनेद खानलाई बाहिर राखिएको छ। उनको स्थानमा अनुभवी बलर वहाव रियाज २ वर्षपछि पाकिस्तानी टोलीमा फर्किएका छन्।

पाकिस्तानले गत महिना घोषणा गरेको प्रारम्भिक टोलीमा जुनेद टिममा सहभागी थिए। उनी इंग्ल्यान्डविरूद्ध ४–० ले पराजित एकदिवसीय शृंखलामा पाकिस्तानी टोलीमा समावेश थिए। शृंखलामा उनको र फहिम अशरफको प्रदर्शन खासै राम्रो नभएपछि टिमबाट बाहिर राखेको छ।

यी दुवैको स्थानमा तीब्र बलर मोहम्मद आमिर र रियाज टोलीमा फर्किएका हुन्।

जुनेदले आफ्नो मुखमा कालो पट्टी बाधेर विरोध जनाएका छन्। उनले आफ्नो सोशल मिडियामा तस्वीर शेयर गर्ने क्रममा भनेका छन्, ‘म केही बोल्न चाहन्न। सत्य कडा हुन्छ।’

जुनेद पाकिस्तानी क्रिकेटमा अभागी खेलाडीको रुपमा परिचित छन्। सन् २०११ को विश्व कपमा उनी पहिलो पल्ट पाकिस्तानी टोलीमा समावेश भएका थिए। तर, उनले एउटा पनि खेल खेल्न पाएनन्। २०१५ मा विश्व कप सुरु हुनुभन्दा दुई साताअघि उनलाई चोट लागेको थियो। त्यसैले विश्व कप टोलीबाट बाहिरिन पुगेका थिए।
यसपालि पनि उनलाई अन्तिम समय टिमबाट बाहिर राखियो।

प्रकाशित मिति: : 2019-05-20 23:05:51

प्रतिकृया दिनुहोस्