बीएल–विश्व कप क्रिकेट–२०१९ विशेष
पहिलो विश्वकपमा इङ्ल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड, वेष्ट इन्डिज, भारत, पाकिस्तान, श्रीलंका र इस्ट अफ्रिकाले भाग लिएका थिए । त्यतिबेला इङ्ल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड, भारत र पाकिस्तानमात्र टेस्ट मान्यताप्राप्त राष्ट्र थिए । श्रीलंका यही प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा उत्रि“दैथियो । श्रीलंकाले सन् १९८१ मा मात्र टेस्टको मान्यता पायो ।
आइसिसी स्थापनामा रचनात्मकभूमिका निर्वाह गरेको दक्षिण अफ्रिका रंगभेदका कारण सन् १९७० मा प्रतिबन्ध झेल्न बाध्य भएपछि उसको स्थानमा इस्ट अफ्रिकालाई मौका प्रदान गरियो ।
पहिलो विश्वकपमा सवैको भविस्यवाणीविपरित वेष्ट इन्डिज उपाधि जित्न सफल भयो । अग्ला क्लाइभ लोयडको कप्तानीमा पहिलो विश्वकपमा उत्रेको वेष्ट इन्डिज टोलीमा रोय फेड्रिग्स, गोर्डन ग्रिनिज, एल्भिन कालिचरण, रोहन कन्हाई, भिभियन रिचर्ड्सजस्ता हस्ती ब्याट्सम्यान समावेश थिए ।
दुई समूहमा विभाजन गरेर राउन्ड रविनको आधारमा खेलिएको पहिलो विश्वकप ६० ओभरको भएको थियो ।
जसमा रातो बल र टेस्टजस्तै परम्परागत सेतो लुगामा खेलाडी मैदानमा उत्रिएका थिए । वेष्ट इन्डिजले कप्तान लोयडको ८५ बलमा विस्फोटक १ सय २ रनको सानदार इनिङका कारण फाइनलमा अस्ट्रृेलियालाई १७ रनले हराउदै उपाधि चुमेको थियो ।
पहिलो विश्वकपमा सर्वाधिक रन (३ सय ३३) न्युजिल्याण्डका ग्लेन टर्नरले बनाए । अस्ट्रेलियाका ग्यारी गिल्मोरले सर्वाधिक ११ विकेट लिएका थिए । सेमिफाइनलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड पुगेका थिए ।