घरेलु टोली इंग्ल्याण्ड आइसीसी विश्वकप क्रिकेट २०१९ मा तेस्रो जित हात पार्दै अंकतालिकामा दोस्रो स्थानमा पुगेको छ ।
शुक्रवार साउथह्याम्पटनमा भएको खेलमा जो रुटको अलराउण्ड प्रदर्शनसँगै इंग्ल्याण्डले वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेेपछि ६ अंकका साथ उसलाई यो स्थान हासिल भएको हो ।
विश्वकपको यो संस्करणमा रूटले दोस्रो शतक प्रहार गरेपछि इंग्ल्याण्डले २१३ रनको लक्ष्य ३३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। रुटले ९३ बल खेल्दै ११ चौकाको मद्दतमा शतक पूरा गरेका रूट रुट अविजित रहे। यसअघि उनले पाकिस्तान विरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए। कप्तान इयान मोर्गन र नियमित ओपनर ज्यासन रोए घाइते भएपछि रुट ओपनिङ ब्याट्सम्यानका रूपमा क्रिज सम्हाल्न आएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले इंग्ल्याण्डका बलर सामु टिक्न सकेन ।वेष्ट इन्डिजले ४४.४ ओभर खेल्दै सबै विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो। उसका लागि निकोलस पुरनले अर्धशतक प्रहार गरेपनि अन्य कुनै पनि खेलाडीले ४० रनको व्यक्तिगत आँकडा पार गर्न सकेनन्।
वेष्ट इन्डिजलाई सस्तैमा अलआउट गर्न मार्क उड र आर्चरले समान ३ विकेट लिए। सतक बनाएका रुटले पनि २ विकेट लिए।
यो हारसँगै वेष्ट विण्डिज भने दोस्रो हारपछि ४ खेलबाट ३ अंकसहित छैटौँ स्थानमा पुगेको छ ।