इङ्ल्याण्ड-वेल्समा जारी आईसीसी एकदिवशीय क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ ।
उसको यो जितको खाता कार्डिफमा शनिबार राति भएको खेलमा अफगानिस्तानमाथि ९ विकेटको पराजित गरेपछि खोलिएको हो ।
वर्षाले ४८ ओभरमा घटाइएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३४.१ ओभरमा अलआउट गर्दै एक सय २५ रनमा रोकेको थियो। उसका लागि इमरान ताहिरले ४ विकेट लिएका थिए ।
एकसय २६ रनको झिनो लक्ष्य लिएको दक्षिण अफ्रिकाका क्विन्टन डि ककले ६८ र हसिम अम्लाले ४१ रन बनाउँदै १९.५ ओभरमा लक्ष्य भेटाए।
यो जितपछि दक्षिण अफ्रिका तीन अंकका साथ सातौं स्थानमा छ। अफगानिस्तानले भने चार खेल खेलिसक्दा पनि जितको खाता खोल्न सकेको छैन्। ऊ यो विश्वकपको अंकतालिकाको पुछारमा रहेको छ ।