फ्रान्सलाई स्तब्ध पार्दै अमेरिका महिला विश्वकप फुटबलको सेमिफाइनलमा

अमेरिकी स्टार खेलाडी मेगान रेपिनो जसले फ्रान्सविरूद्ध २ गोल गरिन् । तस्बिर : एजेन्सी

अमेरिका र इङ्ल्याण्डबीच जुलाई २ मा आठौं संस्करणको  बिश्वकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा हुने भएको छ । 

आज भएको क्वार्टरफाइनलमा आयोजक फ्रान्सलाई २-१ ले पराजित गरर्दै अमेरिकाले सेमिफाइनलमा पुगेपछि उसले इङ्ल्याण्ड प्रतिस्पर्धी पाएको हो । इङ्ल्याण्ड यसअघि नै नर्वेलाई ३-० ले पराजित गर्दै सेमिलाइनलमा प्रवेश गरिसकेको छ । 

अमेरिकाको तर्फबाट खेलको पाँचौं र ६५औं मिनेटमा मेगान रेपिनो गोल गरिन् । फ्रान्सकी वेंडी रेनार्डले ८१औं मिनेटमा एक गोल त फर्काइन् तर त्यो अमेरिकालाई रोक्नका लागि पर्याप्त भएन । 

बल अधिकांश समय फ्रान्सको कब्जामा रहे पनि उसका खेलाडीहरूको प्रहारले जाली चुम्न सकेन । 

प्रकाशित मिति: : 2019-06-29 05:47:41

प्रतिकृया दिनुहोस्