कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै चिली सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन चिले र कोलम्बियाबीचको रोमाञ्चक प्रतिस्पर्धाको एक क्षण । तस्बिर : एजेन्सी

डिफेन्डिङ च्याम्पियन चिली ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । 

उसले प्रतियोगितामा अविजित रहेको कोलम्बियालाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पाखा लगाएको हो ।   

निर्धारित र अतिरिक्त समयमा पनि गोलरहित बराबरी खेलेका दुई टिमबीच निर्णय पेनाल्टी सुटआउटबाट गर्नु परेको थियो । 

दुबै टोलीको पहिलो चार प्रहार सफल भएर पेनाल्टी सुट आउट ४-४ को स्थितिमा पुगेको थियो । पाचौं पेनाल्टी प्रहार गर्न आएका कोलम्बियाका विलियम टेसिलोको पेनाल्टी प्रहार असफल भयो । तर, चिलीका साञ्चेजले भने गोल गर्दै चिलीलाई सेमिफाइनलमा पुर्याए । 

प्रकाशित मिति: : 2019-06-29 08:12:21

प्रतिकृया दिनुहोस्