एजेन्सी । नेदरल्याण्ड्स फ्रान्समा जारी महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै डच टोली उपाधि नजिक पुगेको हो।
नेदरल्याण्ड्सले अब उपाधिका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो। अतिरिक्त समयको ९९ औं मिनेटमा म्यानचेष्टर युनाईटेडकी मिडफिल्डर ज्याकी ग्रोएनले गोल गर्दै नेदरल्याण्ड्सलाई फाइनलमा पुर्याइन्।
जितसँगै नेदरल्याण्ड्स पाँचौ पटक महिला विश्वकपको फाईनलमा प्रवेश गरेको हो।
पराजित स्विडेनले अब तेस्रो स्थानको लागि ईङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।