शोएबको सन्यासप्रति दुःखी सानियाको पोस्ट

Agency

पाकिस्तानी क्रिकेटर शोएब मलिकले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि उनकी श्रीमति तथा भारतीय टेनिस स्टार सानिया मिर्जा भावुक बनेकी छिन्।

मिर्जाले सोशल मिडियामा एउटा पोस्ट गर्दै छोराको तर्फबाट मलिकलाई आभार व्यक्त गरेकी छिन्। सानियाले इन्स्टाग्राममा सोएबको फोटो पोस्ट गर्दै म्यासेज लेखेकी छिन्– हरेक कथाको अन्त्य हुन्छ। तर, जीवनमा त्यही अन्त्य नै सुरुवात बन्ने गर्छ। २० वर्षसम्म तिमीले देशका लागि खेल्यौं। तिम्रो विनम्रता र योगदानप्रति मलाई र इजहानलाई निकै गर्व छ। अझै तपाईलाई टि–२० मा थुप्रै हजार रन बनाउनु छ।

सोएबले विश्व कपबाट पाकिस्तान बाहिरिएपछि एकदिवसीयबाट सन्यासको घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2019-07-06 14:47:54

प्रतिकृया दिनुहोस्