एजेन्सी । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको उपाधि संयुक्त राज्य अमेरिकाले जितेको छ ।
आइतबार भएको फाइनलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदैले उपाधि उचालेको हो।
लियोनमा भएको खेलमा अमेरिकालाई जिताउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरिन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै गोल सम्भव भएको हो।
खेलको ६१ औं मिनेटमा मेगानले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाइन्। त्यसको ८ मिनेटमै रोजले गोल गर्दै अमेरिकालाई २-० को जित दिलाईन् ।
योसँगै लगातार दोस्रो पटक उपाधि जितेको अमेरिकाले कीर्तिमानी चौंथो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ।
यसअघि अमेरिकाले सन् १९९१, सन् १९९९ र २०१५ मा उपाधि जितेको थियो।