कोहली र रोहित एकदिवसीय क्रिकेटको नम्बर एक र दुई स्थानमा

Agency

भारतका दुई प्रभावशाली ब्याट्सम्यान कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मा एकदिवसीय वरियताको शीर्ष दुई स्थान ओगट्न सफल भएका छन्। भर्खरै जारी एकदिवसीय वरियतामा विश्व कपको उत्कृष्ट ब्याटिङका कारण रोहितको ४६ रेटिङ अंक बढेको छ। उनी ८ सय ८५ अंकका साथ दोस्रो स्थानमा पुगेका छन्। 

उनी नम्बर एक स्थानमा रहेका आफ्ना कप्तानभन्दा ६ रेटिङ अंकले मात्र पछाडि छन्। रोहितले विश्व कपको ८ खेलमा ६ सय ४७ रन बनाउन सफल भएका छन्। विश्व कप अगाडि उनको रेटिङ अंक ८ सय ३९ थियो।

कोहलीले पनि यस विश्व कपमा ५ अर्धसतकको सहयोगले ४ सय ४२ रन बनाएका छन्।

अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरको टप–१० सूचीमा पुनरागमन भएको छ। उनले पनि जारी विश्व कपमा ५ भन्दा बढी रन बनाइसकेका छन्। वार्नर छैटौं स्थानमा उक्लिएका छन्।

पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन्। समूह चरणको अन्तिम खेलमा सतक बनाएका दक्षिण अफ्रिकी कप्तान फाफ डुप्लेसिस छैटौंबाट चौथो स्थानमा उक्लिएका छन्।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन आठौं स्थानमा छन्। अस्ट्रेलियाका उस्मान ख्वाजा १५ स्थानमा छन्। उनको करिअरको उत्कृष्ट वरियता हो।

न्युजिल्यान्डका रोस टेलर दुई स्थान तल धकेलिँदै तेस्रोबाट पाँचौं स्थानमा पुगेका छन्। यस्तै, वेष्ट इन्डिजका साई होप, पाकिस्तानका फखर जमां र न्युजिल्यान्डका मार्टिन गप्टिल पनि टप–१० बाट बाहिरिएका छन्।

बलिङमा भारतका जसप्रीत बुमराह पहिलो स्थानमा यथावत छन्। उनले जारी विश्व कपमा १७ विकेट लिएका छन्। उनको ८ सय १४ रेटिङ अंक छ। न्युजिल्यान्डका ट्रेन्ट बोल्ट दोस्रो स्थानमा यथावत छन्। अस्ट्रेलियाका पेट कमिन्स दक्षिण अफ्रिकाका कगिसो रबाडा र इमरान ताहिरलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएका छन्।

इंग्ल्यान्डका युवा तीब्र बलर जोफ्रा आर्चर १ सय ३ बाट ४२ स्थानमा उक्लिएका छन्। यस्तै, मार्क उड १९, पाकिस्तानका साहिन अफ्रिदी २३ स्थानमा पुगेका छन्।

बंगलादेशका सकिब अल हसन अलराउन्डमा नम्बर एक स्थानमा यथावत छन्। दोस्रो नम्बरमा इंग्ल्यान्डका बेन स्टोक्स छन्।

 

प्रकाशित मिति: : 2019-07-08 08:29:39

प्रतिकृया दिनुहोस्