आठौं विश्वकप क्रिकेटः यसरी जितेको थियो अस्ट्रेलियाले आठौं विश्वकप क्रिकेटको उपाघि (भिडियोसहित)

तस्बिरः बिएल

सन् २००३ मा आठौं विश्वकप पहिलो पल्ट अफ्रिकी राष्ट्र दक्षिण अफ्रिका, जिम्बाबे र केन्यामा संयुक्त रूपमा आयोजना भयो । प्रतियोगितामा पहिलो पल्ट १२ बाट १४ राष्ट्रले भाग लिए । सन् २००० मा बंगलादेशले टेस्ट राष्ट्रको मान्यता लिइसकेको सन्दर्भ र केन्याले एकदिवसीय राष्ट्रको मान्यता पाइसकेको अवस्थामा छनोट भएर आएका क्यानडा, नामिबिया र नेदरल्याण्ड्स आठौं विश्वकपमा समावेश भएका थिए ।
आठौं विश्वकप फेरि पनि अस्ट्रेलिया जित्न सफल भयो । अस्ट्रेलियाले फाइनलमा भारतलाई एकलौटी खेलमा १ सय २५ रनले पराजित ग¥यो । कप्तान रिकी पोन्टिङले फाइनलमै अविजित १ सय ४० रन बनाउ“दै सनसनी मच्चाए ।
अस्ट्रेलियाका अनुभवी बलर सेन वार्न प्रतिबन्धित भएको अवस्थामा यसै विश्वकपमाफृत कंगारू टोलीले एन्ड्रयु साइमन्डका रूपमा नया“ अनुहार पाएको थियो । अस्ट्रेलियाका ब्रेट ली, पाकिस्तानका सोहेब अख्तरजस्ता तीब्र बलरका कारण २००३ को आठौं विश्वकप निकै चर्चाम्ँ रहयो । वेष्ट इन्डिजका ब्रायन लारा, भारतका सचिन तेन्दुलकर पनि आठौं विश्वकपमा धेरै कारण नायक सावित भए । सचिनले पाकिस्तानविरुद्ध अख्तरलाई कभरमाथिबाट हानेको छक्का अझै पनि थुप्रै क्रिकेटप्रेमीको दिमागमा ताजै छ ।
यही विश्वकपमा केन्याले पूर्व विश्वविजेता श्रीलंकालाई हराउन सफल भयो । दक्षिण अफ्रिका फेरि पनि अभागी टोलीका रूपमा दरियो । श्रीलंकाविरुद्ध समूहगत अन्तिम खेल वर्षाप्रभावित हुन पुगेपछि अफ्रिका सुपर सिक्स प्रवेशबाट फेरि बन्चित हुन पुग्यो । यो विश्वकपमा आश्चर्यचकित रूपले केन्या सेमिफाइनल पुग्यो । तर, भारतबाट ९१ रनले पराजित भयो । आठौं विश्वकपमा भारतका सचिन तेन्दुलकर म्यान अफ द सिरिज घोषित भए । उनी उत्कृष्ट ब्याट्सम्यान पनि घोषित भएका थिए । उनले कुल ६ सय ७३ रन बनाए । उत्कृष्ट बलर श्रीलंकाका चामिन्दा भास घोषित भए, उनको नाममा २३ विकेट रहयो ।

प्रकाशित मिति: : 2019-07-09 18:42:14

प्रतिकृया दिनुहोस्