भारतमा क्रिकेट बलले लागेर एक युवा क्रिकेटरको निधन भएको छ। दक्षिण कश्मीरको अनन्तनाग जिल्लामा युथ–१९ क्रिकेट प्रतियोगिताका दौरान ब्याटिङ गर्दे क्रममा विहिबार जहांगिर अहमद नाम गरेका युवा खेलाडीको घाँटीमा बलले लागेर मृत्यु भएको हो।
जहांगिर बारामुला जिल्लास्थित पट्टनका स्थायी निवासी हुन्। उनी बारामुलाको टिममा समावेश भउर बुदगामविरूद्ध क्रिजमा उत्रिँएका थिए।
मट्टन पुलिस विभागका अधिकारीले घटनालाई संयोग भनेका छन्। जहांगिरले हेलमेट लगाएर ब्याटिङ गरे पनि उनको घाँटीको संवेदनशील ठाउँमा बलले लागेको बताइएको छ।
बलले लागेर बेहोस भएका जहांगिरलाई अस्पताल लैजादैँ गर्दा निधन भएको डाक्टरहरूले बताएका छन्। स्थानीयका अनुसार जहांगिर ११ कक्षाका विधार्थी थिए। उनी देब्रे हाते ब्याट्सम्यान हुन्।
घटना हुनुअघि उनले सर्टपीच बललाई पुल गर्न खोजेका थिए तर उनी चुकेपछि बल घाँटीमा गएर लागेको थियो।