नराम्ररी चिप्लिए डा. बाबुराम : भए जिल्लाराम !

सामाजिक सञ्जालमा नराम्ररी चिप्लिए डक्टर बाबुराम भट्टराई । यो त न 'फस्ट' भयो न 'फ्याक्ट' नै आयो।

आमसञ्चारमा यतिबेला 'फस्ट' हुने र 'फ्याक्ट' ल्याउनेबीच लडाइँ छ । कहिले फस्ट हुनेले फ्याक्ट पनि ल्याएर जितेका छन् भने कहिले फस्ट नभए पनि फ्याक्ट ल्याउनेहरूले जितेका छन् । तर, फ्याक्ट ल्याएरै फस्ट हुने प्रयासमा सबै लागेका छन् । 

यसो गर्दा कहिलेकाँही फस्ट हुनेहरू नराम्ररी चिप्लिएका छन् । 

यो सञ्चारकर्मीमा मात्र है, नेता, अभिनेता, सामाजिक अभियन्ता, खेलाडीलगायतका सेलिब्रेटीमा पनि लागु हुन्छ । उनीहरूमा जे मा पनि प्रतिक्रिया दिने मनोविज्ञान विकास हुन्छ । तर, उनीहरू सबै कुरा जान्ने पनि हुदैनन् र सधैं फस्ट हुने लोभमा हुनछन् । ज्याक अफ अल मास्टर अफ नन हुनुपर्ने स्थितिले उनीहरू यदाकदा नराम्ररी चिप्लिन्छन् । 

यस्तै ज्याक अफ अल मास्टर अफ सम हुँदा डा. बाबुराम भट्टराई नराम्ररी फसेका छन् । उनले केही समयअघि सम्पन्न विश्वकप क्रिकेट सकिने बितिकै ट्विट गरे- 'क्रिकेट अनिश्चयको खेल भनिएको त्यसै हैन रहेछ । फाइनलमा अस्ट्रेलिया र न्युजिल्याण्डको खेल रोमाञ्चक मात्र भएन, गज्जब रह्यो । ५० ओभरमा दुबैको २४१ /२४१ रन ।'

डाक्टर साहेब नराम्ररी चिप्लिए । खेल त इङ्ल्याण्ड र न्युजिल्याण्डबीच भएको थियो । कहाँबाट आयो सेमिफाइनलमा इङ्ल्याण्डसँग हारेको अस्ट्रेलिया  ?

यो त्यस्तै फ्याक्ट ल्याउनेभन्दा फस्ट हुने उपक्रमको सेलिब्रेटी हर्कत हो । हुन त यो एक किसिमको मानवीय गल्ती हो तर त्यही गल्तीले नै यदाकदा सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाउँछ । बाबुराम पनि यो विश्वकप क्रिकेटमा नराम्ररी हारे । भन्नेहरूले त उनलाई यतिसम्म भने कि बाबुराम हैन, जिल्लाराम !

 

प्रकाशित मिति: : 2019-07-15 04:52:18

प्रतिकृया दिनुहोस्