टि–२० विश्व कपको तालिका सार्वजनिक, बंगलादेश र श्रीलंकाले समूह चरणको खेल खेल्नु पर्ने

Agency

एकदिवसीय विश्व कप समाप्त भएको ४ दिन नबित्दै अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले २०२० मा आयोजना हुने टि–२० विश्व कपको तालिका सार्वजनिक गरेको छ।

२०२० टि–२० विश्व कप अस्ट्रेलियामा आयोजना हुँदैछ। श्रीलंका र बंगलादेश खराब वरियताका कारण सिधै छनोट हुन असफल रहे। उनीहरूले सुपर १२ मा स्थान पाउन समूह चरणको खेल जित्नु पर्ने बाध्यता बनेको छ।

सिधै छनोट हुने टोलीमा आयोजक अस्ट्रेलिया, वेष्ट इन्डिज, अफगानिस्तान, भारत, पाकिस्तान, इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका समावेश छन्। अस्ट्रेलिया आयोजक टिमको हैसियतले प्रतियोगितामा समावेश भएको हो। बाँकी टिम वरियताका कारण छनोट भएका थिए।

विश्व कप १८ अक्टुबरमा सुरु हुँदैछ। करिब एक महिना चल्ने खेलको फाइनल मेलबर्न क्रिकेट मैदानमा १५ नोभेम्बरमा हुनेछ।

प्रकाशित मिति: : 2019-07-17 15:05:03

प्रतिकृया दिनुहोस्