विश्व कपको सेमिफाइनलबाट भारत बाहिरिएपछि कप्तान विराट कोहलीको प्रभावलाई कम गर्दै भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले नयाँ प्रशिक्षक नियुक्त गर्ने सम्पूर्ण अधिकार पूर्व कप्तान कपिल देवलाई सुम्पिएको छ।
सन् २०१७ मा अनिल कुम्बलेसँग विवाद बढेपछि विराटको प्रभावमा बिसिसिआईले रवी शास्त्रीलाई प्रशिक्षक नियुक्त गरेका थियो।
तर, च्याम्पियन्स ट्रफी तथा विश्व कपमा भारतीय टिम उपाधि जित्नबाट बञ्चित भएपछि शास्त्रीलगायत सम्पूर्ण प्रशिक्षक स्टाफलाई परिवर्तन गर्ने विषयमा बिसिसिआई छलफलमा व्यस्त छ।
बिसिसिआईले प्रशिक्षक छनोट गर्ने अधिकार कपिल देवलाई दिएको छ।
नयाँ प्रशिक्षकको कार्यकाल ५ सेप्टेम्बर २०१९ बाट सुरु भएर २४ नोभेम्बर २०२१ सम्म रहनेछ।
प्रशिक्षक नियुक्तिमा विराटले कुनै हस्तक्षेप गर्न पाउने छैनन्। भारतीय क्रिकेट टोली इंग्ल्यान्डमा हालै सम्पन्न एकदिवसीय विश्व कपको सेमिफाइनलमा न्युजिल्यान्डसँग १८ रनले पराजित भएको थियो।