अन्तर्राष्ट्रिय एमेच्योर मुआथाई महासंघको आयोजनामा साउन ४ देखि १३ सम्म हुने विश्व च्याम्पियनसिप प्रतियोगिता–२०१९ मा भाग लिन शुक्रबार नेपाल मुआथाई संघका खेलाडी तथा पदाधिकारी बैंकक प्रस्थान गरेका छन् ।
गतवर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट सम्बन्धन प्राप्त गरेपछि पहिलो पटक अन्तर्राष्ट्रिय विश्व च्याम्पियनसिप आयोजना हुन लागेको हो। मुआथाईको जन्म थाइल्याण्डबाटै भएको हो।
प्रतियोगितामा नेपालबाट महिलातर्फ ५१ केजी तौल समूहमा तुलसी थापामगर, पुरुषतर्फ ५४ केजी तौल समूहमा आविस्कार सुनार सहभागी हुँदैछन् । अफिसियल तथा संयोजकको भूमिकामा संघका महासचिव सुदिप पण्डित क्षेत्री रहेका छन् ।
प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई नेपाल मुआथाई संघका अध्यक्ष भिम सिंह गुरुङले विदाई गरे।